Shikhar Insurance
National Life

बर्दिया राष्ट्रिय निकुञ्जका वन पैदावार बिक्रीबापत् १ करोड ३५ लाख संकलन

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १६:२३
Hyundai
NCELL
NIMB

बर्दिया । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत् १ करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट ८ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत १ करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ ।

त्यस्तै दण्ड सजायबाट २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट ३ लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट २ करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल ४ करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए ।

निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार ओटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमश: फैसला गरिँदै लगिने जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउनुहुन्छ ।

पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन् । जङ्गल ‘वाक’ तथा सफारी गर्दै घण्टौँ कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताए । निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्