काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरस्थित शाखा आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरेको छ । बैंकले आज(भदौ ५ गते) सो शाखा स्थानान्तरण गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुदघाटन गरेका उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गरे ।
साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को सुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्