Shikhar Insurance
National Life

नेप्सेमा १ खर्ब ३० अर्ब थप धितोपत्र सूचीकृत, बैंक तथा बीमा कम्पनीको पुँंजीकरण हिस्सा ५८.६ प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३, सोमबार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा कूल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड बराबरको बोनस सेयर ३ करोड बराबरको एफपीओ गरी कूल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड बराबरको साधारण सेयर, ७ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर ६ अर्ब २ करोड बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८० असार मसान्तमा २०९७.१० रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा २२४०.४१ कायम भएको छ । २०८१ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३५५३ अर्ब ६८ करोड कायम भएको छ । २०८० असार मसान्तमा बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रहेको थियो ।

२०८१ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्