Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम २८ अर्ब ८३ करोड

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बिष्णु पैडेल अर्थमन्त्री भएदेखि हरियाली भएको बजार आइतबार दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आइतबार ३३० कम्पनीको कारोबार हुँदा ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुदाँ २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड १४ लाख ८१ हजार १ सय ३५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ५८ रुपैयाँ पुगेको छ ।

आइतबार ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आज ४ कम्पनीके सेयर मूलयमा सकररात्मक सर्किट लागेको छ भने नेपाल पाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्