Shikhar Insurance
National Life

पुरानो लाभांश लिन सेयरधनीहरुलाई लुम्बिनी विकास बैंकको आग्रह

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकको साधारण सभाको निर्णय अनुसार ५ वर्षसम्म पनि बुझि नलिएको नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशन भएको ३० दिनभित्रमा बैंकको केन्द्रीय कार्यालय, डिल्ली बजार आईपुग्ने गरी आवश्यक कागजात सहित पेश गर्नु पर्नेछ । बैंकले तोकेको समयावधिभित्र आवेदन प्राप्त हुन नआएमा बाँकी नगद लाभांश लगानीकर्ता संरक्षक कोषमा जम्मा गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले साविक सोसाइटी डेझपमेन्ट बैंको आव २०६५/०६६, आव २०६६/६७ र २०६७/६८ मा घोषणा भएको लाभांश र साविक लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको आव २०५७/५८,२०६१/०६२, २०६२/६३ र २०६८/०६९ मा घोषणा भएको लाभांश बुझिलिन समेत सुचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्