Shikhar Insurance
National Life

न्यूनतम मूल्य २ सय ७५ रुपैयाँमा एसियन लाइफको ५ लाख बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ३० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी वा संस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ । खरिद आवेदन साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको प्रतिकित्ता न्यूनतम २ सय ७५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्