काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाएको हो ।
निगमको बिहिबार बसेको संचालक समितिको बैठकले राती १२ बजेपछि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्