काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समिती बैठकले पेट्रोलको मूल्य प्रती लिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर ३ रुपैयाँका दरले घटाएको हो ।
साउन ३२ गते मध्य रातबाट नयाँ मूल्य लागू हुनेछ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर २६५ रुपैयाँ र मट्टीतेल तथा डिजेल प्रती लिटर १५५ रुपैयाँ पर्नेछ ।
ईन्डियन आयल कर्पोरेसनले पेट्रोलको मूल्य ५ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रती लिटर २.९६ रुपैयाँ घटाएर पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्