Shikhar Insurance
National Life

बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थ मन्त्रालयको प्रस्ताव, सहायता बढाउन बैंक सकारात्मक  

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने  भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् ।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।

विश्व बैंक नेपालको सबैभन्दा ठूलो दातृ निकाय हो । प्रत्येक वर्ष नेपालले बैंकसँग प्रोजेक्टबेस ऋण भन्दा पनि बजेटरी ऋण तथा अनुदान माग्दै आएको छ । बैंकले नेपालको माग बमोजिम सहायता बढाउन सहमत भएको हो ।

बैठकमा अर्थमन्त्री पौडेलसँगै, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अर्थ सचिव रामप्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्