Skip to content
Shikhar Insurance
National Life

माधव नेपाल समुहका ९० प्रतिशत केन्द्रिय सदस्यको एउटै स्वरः नयाँ पार्टी गठन गरौं

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहका ९० प्रतिशत भन्दा बढी केन्द्रिय सदस्यहरुले नयाँ पार्टी गठन गर्नुपर्ने धारणा राखेका छन् । बिहिबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रिय कमिटी बैठकमा धारणा राख्ने ९० प्रतिशत केन्द्रिय सदस्यहरुले ओलीसँग मिल्न सकिने निष्कर्ष सुनाउँदै नयाँ पार्टी गठन गर्नुपर्ने धारणा राखेका छन् ।

‘अधिकांश केन्द्रिय सदस्यहरुको निष्कर्ष नयाँ पार्टी गठन गर्नुपर्छ भन्ने रह्यो, केपी ओली अब सुध्रिने अवस्था नरहेकाले जति सक्दो चाँडो नयाँ पार्टी गठन गरेर अघि बढ्न सबैले नेतृत्वलाई दबाव दिएका छन्’, एक केन्द्रिय सदस्यले भने । उनका अनुसार अहिले नयाँ पार्टी गठन गरेर अघि बढेको खण्डमा मूल कम्युनिष्ट पार्टीका रुपमा आफुहरु नै स्थापित हुने र ओली समुहलाई समाप्त पार्न सकिनेमा पनि केन्द्रिय सदस्यहरुको एकमत देखिएको थियो ।

माधव नेपाल र झलनाथ खनालहरु नयाँ पार्टी बनाउन तयार देखिए भने सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईहरुका कारण केहि ढिलाई भएको पनि ती नेताले बताए । अब भने वार्ताका नाममा ढुलमुले चरित्र देखाईरहेका नेताहरु आए पनि नआए पनि नयाँ पार्टी निर्माण प्रक्रिया थाल्ने निष्कर्षमा शिर्ष नेताहरु पुगेका छन् । नयाँ पार्टी गठनबारे शनिबार नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दैछ । ।

GBIME

प्रतिक्रिया दिनुहोस्