Shikhar Insurance
National Life

कारोबार रकमको अर्को किर्तिमान राख्दै ३००० बिन्दुमा सेयर बजार, ३२ सयको रेकर्ड तोडिदै

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रममा बिहिबार ४३.०५ अंक बढेको छ । बजारको उकालो यात्रा संगसगै कारोबार रकमले पनि नयाँ-नयाँ किर्तिमान बनाउँदै लगेको छ । बिहिबार सेयर बजारमा २९ अर्ब ९५ करोडको नयाँ किर्तिमान बनाएको हो ।

बिहिबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो सँगै बजार ३०००.८१ बिन्दुमा प्रवेश गरेको छ । बजारले झण्डै तीन वर्षअघि राखेको ३२०० सयको किर्तिमान केहि दिनमै तोडिने संकेत देखिएको छ । सोमबार (साउन २८) २७ अर्ब २४ करोड २० लाख रुपैयाँको सेयर कारोबारको किर्तिमान राखेको थियो । यो किर्तिमान बिहिबार भंग भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थ मन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि बजारको यात्रा निरन्तर उकालो लाग्न थालेको हो । बजारमैत्री मन्त्रीको परिचय बोकेका मन्त्री पौडेलले मन्त्रालय सम्हालेको महिना दिन पनि नपुग्दै बजारले नयाँ नयाँ किर्तिमान राखेको हो । आइतबार (साउन २७) पनि बजारले २५ अर्ब ७७ करोडको किर्तिमान राखेको थियो ।

यसघि साउन २२ गते मंगलबार २३ अर्ब ७१ करोड कारोबारको किर्तिमान राखेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्