काठमाडौं । अग्नी इन्कर्पोरेट कम्पनीले सन् २०२४ मा ५ अर्ब बढीको काराबोर गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले २०२४ मा ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष २०२३ को तुलनामा २०२४ मा ४१ करोड ४० लाख रुपैयाँ अर्थात् ८.०४ प्रतिशतले बढी व्यापार गरेको हो ।
त्यस्तै, कम्पनीले २०२२ मा भने सर्वाधिक १२ अर्ब ९३ करोड ७० लाखको कारोबार गरेको थियो । २०२१ मा १२ अर्ब ८ करोडको कारोबार गरेको कम्पनीले २०२० मा ९ अर्ब ४८ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो ।
सन्, १९९१ मा स्थापित अग्नी इन्कर्पोरेट कम्पनी महिन्द्रा अटोमोटिभकोआधिकारिक विक्रेता हो । कम्पनीले नेपालमा स्कर्पियो, थार, बोलेरो जस्ता चर्चित गाडीहरु बिक्री गर्दै आएका छन् । कम्पनीको सेयरधनी तथा सञ्चालक क्याबिनेट श्रेष्ठ, सुशन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्