काठमाडौं । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् । बिहिबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताए । उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए । उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे । उनले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।
उनले भने, ‘यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र रु हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’
सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्