Shikhar Insurance
National Life

नेपाल टेलिकमको कुल आय ४१ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको आव २०८०/०८१ को कुल आय ४१ अर्ब रुपैयाँ बढी रहेको छ । बिहिबार टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको हो ।

गत आव कम्पनीको कूल आय ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ रहेको थियो । गत आवको तुलनामा कम्पनीको कुल आय २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ अर्थात् ६.३२ प्रतिशतले कमी भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको यस आवको कुल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको विवरणले देखाएको छ । गत वर्ष कम्पनीको कुल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रहेको थियो । उक्त रकम गत आवको सोही अवधिको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँ अर्थात् ४.९९ प्रतिशतले कम हो ।

त्यसैगरी, कम्पनीको खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजारको तुलनामा अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँ अर्थात् १६.४४ प्रतिशतले कमी भएको सार्वजनिक विवरणले उल्लेख गरेको छ ।

कम्पनीको यस आवको कर अघिको मुनाफा ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार रहेको छ । उक्त रकम गत आवको कर अघिको मुनाफा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रुपैयाँको तुलनामा ४६ करोड २७ लाख ५७ हजार रुपैयाँ अर्थात् ३.९१ प्रतिशतले कम हो । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपैयाँ रहेको छ ।

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजार रुपैयाँले कम भएको कम्पनीले जनाएको छ।

कम्पनीले भन्यो, ‘ओटीटी सेवाले कम्पनीको समग्र भाईसरएसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।’

सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कमी भएको विवरणमार्फत जनाएको छ ।

कम्पनीले चालु आवदेखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत Defined Benefit Obligation को लागि राखिएको Defined Benefit Assets मा चालु आवमा ४ अर्ब ८५ करोड रुपैयाँ रकम छुट्टाई नेपाल लेखामान १९ “Employee Benefit” अनुसार Actuarial Valuation गराई खर्च लेखाङ्कन गरेको छ ।

कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्