काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्याकारी अधिकृत (सीईओ)नियुक्ति गरेको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा कृष्ण बहादुर अधिकारीलाई भाद्र २ गतेबाट लागु हुनेगरी नियुक्त गरेको हो ।
रिक्त रहेको ७ महिनापछि मात्र निफ्राले सीईओ नियुक्त गरेको हो । अधिकारी नेपाल बैंकको पूर्व सीईओ हुन् । नेपाल बैंकमा सीईओ रहँदा उनले बैंकको वित्तिय र संस्थागत सुशासनमा राम्रो काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्