Shikhar Insurance
National Life

‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ, थाहा भयो नि !’

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार २१:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संविधानको पक्षीय विपक्षी एक भएकामा प्रश्न गरेका छन् । जसपाको एउटा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरी सरकारमा समावेश भएपछि भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।

नाकाबन्दीको पक्ष र विपक्षमा उत्रिएकाहरू एकै ठाउँमा उभिएपछि भट्टराईले ‘यक्ष’ प्रश्न गरेका छन्, “संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाउँ ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?”

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्