Shikhar Insurance
National Life

सेयर बजारमा पैसाको ओइरो, सस्तो ब्याजले कारोबार रकम अझै बढ्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा पछिल्लो हप्ता २० अर्ब माथीको कारोबार भैरहेको छ । झण्डै ३ वर्षपछि बुलिस ट्रेण्डको लय समातेको बजारमा पैसाको ओइरो लागिरहेको छ । बुधबार पनि सेयर बजार सम्हालिएर २३ अर्ब ४३ करोडको कारोबार भएको छ । यस्तै नेप्से परिसुचक ३४.२९ अंकले बढेर २९५७ अंक पुगेको छ । बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लगानीकर्ताले नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नयाँ सरकारलाई निरन्तर विस्वास गरिरहेका छन् । राष्ट्र बैंकले लचिलो मौद्रिक जारी र बजारमैत्री अर्थमन्त्रीले गर्दा बजार निरन्तर उकालो लागिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् । यस्तै, संस्थापक सेयर लगानीकर्ताहरुले जति पनि सेयर कर्जा पाउने भएपछि कारोबार रकम अझै बढ्ने देखिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्