Shikhar Insurance
National Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे नाफा ६० करोड ८९ लाख, कुल बीमा शुल्क कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १३:५१
Hyundai
NCELL
NIMB

काठमाडौं ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफामा ८३.९५ प्रतिशतको बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ४ अर्ब ६७ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब २४ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४३.८३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले कम्पनीले १ अर्ब ९१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६० करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १९.३७  प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ६.९३ प्रतिशतले बढी हो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३.२२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य आम्दानी अनुपात ३१.३१ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्