Shikhar Insurance
National Life

२१.६० प्रतिशतले बढ्यो हिमालयन लाइफको खुद नाफा, कुल बीमा शुल्क १६ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १२:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्षमा ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार एक वर्षमा सो नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आव २०७९/०८० मा ५२ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड २६ लाख अर्थात् २१.६० प्रतिशतले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले एक वर्षमा १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क १४ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११‍.९ प्रतिशतले बढेको छ।

त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क १४ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । १ अर्ब ३८ करोड रुपैयाँ कमिशन एक्सपेन्सेस भएको कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ जम्मा रहेको विवरणले देखाएको छ । कम्पनीको बेसिक इपीएस ७.९० प्रतिशत रहेको छ ।

त्यसैगरी, कम्पनीको नेटवर्थ १२६.२९ रुपैयाँ र प्रतिसेयर आम्दानी ७.९० रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ४९.४७ रुपैयाँ रहेको विवरणले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्