Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सको खुद नाफा ५१ करोड ३० लाख, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेडले एक वर्षमा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार एक वर्षमा सो नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आव २०७९/०८० मा २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड ६९ लाख रुपैयाँ अर्थात् १२६.८९ प्रतिशतले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले एक वर्षमा ५ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क ५ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको कुल बीमा शुल्क ९ लाख रुपैयाँले बढेको हो ।

त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । ५ करोड ८९ लाख रुपैयाँ कमिशन एक्सपेन्सेस भएको कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा ३१ करोड ५१ लख रुपैयाँ जम्मा रहेको विवरणले देखाएको छ । कम्पनीको बेसिक इपीएस १९.३२ प्रतिशत रहेको छ । त्यसैगरी, कम्पनीको नेटवर्थ २०४.५९ रुपैयाँ र प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ३७.४२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्