काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले खुद नाफा ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २० करोड ९९ लाख ८८ हजार रुपैयाँ कमायको थियो । अघिल्लो आव भन्दा कम्पनीको नाफा सो आवमा १४५.०४ प्रतिशतले बढी हो ।
४ अर्ब ७४ करोड ११ लाख ३१ हजार रुपेयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२३ प्रतिशतले बढी हो ।
कम्पनीले ४ अर्ब ५२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.४३ प्रतिशतले बढी हो ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको ४ अर्ब चुक्ता पूँजी रहेको थियो ।
जीवन बीमा कोषमा ९ अर्ब ९९ करोड १२ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ २९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ१४५.५९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्