Shikhar Insurance
National Life

सांसद ढकाल बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १४:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध भएको छ ।

ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए । सांसद ढकालले आफ्नो कुरा राखेर विद्युत प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेको भन्दै विवाद शुरु भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामुखले ढकाललाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर बिरोध गरेपछि लामो समय विवाद भयो । विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएपछि ढकाललाई नै बोल्ने समय भएकाले दिनुपर्ने माग गरेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदहरुलाई सभामुखले विषय किटान गरेर मात्रै बोल्नु भन्ने आदेश मान्य नहुने बताए ।

उनले जनताका प्रतिनिधिहरुले जुनसुकै विषयमा पनि बोल्न पाउने बताए । त्यसपछिको विवादबीचपछि सभामुखले ढकाललाई नै बोल्न दिएपछि संसद सुचारु भएको छ । सभामुखले समय दिएपछि सांसद ढकालले डेडिकेटड र टं्रक लाइन विद्युत महशुलको विषयमा ठूलो भ्रष्टाचार भएको बताए । उनले प्राधिकरणलाई उद्योगहरुमा लाइन जडान गर्न निर्देशन दिएजस्तै विद्युत वक्यौता रकम तिर्न व्यवसायीहरुलाई निर्देशन दिन आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्