Shikhar Insurance
National Life

३०.८१ प्रतिशतले बढ्यो नेपाल लाइफको नाफा, बीमाशुल्क आर्जन कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्ष २०८०/०८१ मा नेपाल लाइफ इन्स्योरेन्सले ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको हाे ।

कम्पनीले अघिल्लो आव २०७९/०८० मा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्ले आवमा भन्दा कम्पनीले गत आव ३०.८१ प्रतिशत नाफा आर्जन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कम्पनीकाे गत आर्थिक वर्ष २०८०/०८१ मा बिमा शुल्क ४० अर्ब ११ करोड २ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब ९९ करोड रहेको छ भने अघिल्लो आवमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

गत आव कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि वृद्धि भएको हो । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । गत वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १५ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्