Shikhar Insurance
National Life

लायन्स क्लबले गर्‍याे गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई सहयोग

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त टोलीमा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यम बहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारी लगायतका अन्य लायन्स लिडरहरुको उपस्थिती थियो ।मृतक ५ जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । पिडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पिडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो । आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामाग्रीहरु संकलन गरी पिडितलाई दिने कार्य गरिरहेको छ । त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पिडीत परिवारलाई पनि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ ।डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले बडिगाड गाउँपालिका वडा नं ९ को नयाँ बस्ती र वडा नं। १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारा लगायतका बस्तीमा सहयोग गरेको हो । उनीहरुले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसना लगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामाग्रीहरु बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिका लगायत देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएपछि लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनमा राहत माग गरेको थियो । उक्त मागलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले राहतकोषबाट १० हजार डलर रकम प्रदान गर्ने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्