काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रकर्ड कायम राखेकोे छ । यो भन्दा अगाडि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँले नयाँ रेकर्ड राखेकोे थियो भने आज सुनको मूल्यले सो रेकर्ड पनि तोडेको छ ।
मंगलबार सुन २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार २१ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्