Shikhar Insurance
National Life

यातायात कार्यालय मलङ्गवाले उठायाे ६ करोड बढी राजस्व

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १०:३२
Hyundai
NCELL
NIMB

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिएका हुन् ।

उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकर बापतको १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट रु दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत १ करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सवारीसाधन करबाट ४ करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो । कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

‘हामीले चैत मसान्तमा एकै दिन ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौं’ उनले भने ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौं ।

यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ । वि.सं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्