Skip to content
Shikhar Insurance
National Life

‘रेजोनेन्स अफ ह्युज’ ले भिवान्ता क्रिएटिभ्समा नेपाली कलाको उत्सव मनाउँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुप फाउण्डेसनको उन्नति कल्चरल भिलेजले ‘रेजोनेन्स अफ ह्युज’ नामक कला प्रदर्शनी सम्पन्न गरेको छ। उन्नति कल्चरल भिलेजले भिवान्ता क्रिएटिभ्ससँगको सहकार्यमा १० अगस्टमा उद्घाटन समारोह सम्पन्न गरेको हो ।

८ जना प्रख्यात समकालीन नेपाली कलाकारहरूको कृति समेटिएको उक्त प्रदर्शनी १० अगस्टदेखि ११ अक्टोबर २०२४ सम्म जारी रहने ‘रेजोनेन्स अफ ह्युज’ ले जनाएको छ । सिजी फाउण्डेसनका कार्यकारी निर्देशक सुरभि चौधरीले सहकार्य र साझेदारीले लक्ष्यमा पुग्नका लागि महत्त्वपूर्ण भूमिका रहेको सत्यतामा जोड दिए। उनले ‘पब्लिक-प्राइभेट’ साझेदारीको महत्त्व र यसको प्रभावकारिताको बारेमा जोड दिदैँ लक्ष्यमा सहकार्यको शक्ति महत्त्वपूर्ण रहेकोमा जोड दिए ।कार्यक्रमको सिजी ग्रुपका अध्यक्ष बिनोद चौधरीले समापन मन्तव्य दिँदै, उन्नति र यसको कला, शिल्प र संस्कृतिमा योगदान दिने प्रयासहरूलाई शुभकामना दिए । होटल भिवान्ता काठमाडौंका महाप्रबन्धक रवि निश्चलले यो सहकार्यको बारेमा आफ्नो खुशी व्यक्त गर्दै उन्नति कल्चरल भिलेजको महत्त्वलाई उल्लेख गरे । प्रदर्शनीले परम्परागत र आधुनिक तत्त्वहरूलाई सुमधुर रूपमा संयोजन गर्दै नेपालका समृद्ध सांस्कृतिक सम्पदाको उत्सव मनाउने एक समावेशी अनुभव सिर्जना गर्दछ।

‘रेजोनेन्स अफ ह्युज’ एक कला प्रदर्शनी मात्र नभई नेपाली कलाको गहिरो प्रशंसा गर्ने मञ्च हो, जसले समकालीन कलाकारहरूलाई आफ्नो कृति प्रदर्शन गर्न मौका प्रदान गर्दछ र भिवान्ता होटलको वातावरणमा सांस्कृतिक समृद्धि ल्याउने प्रयास गरेको छ । प्रदर्शनीमा डा सीमा शर्मा शाह, उमाशंकर शाह, नम्रता सिंह, मञ्जु खड्का, सुजन डंगोल, सुष्मा शाक्य, सम्झना राजभण्डारी र अभिजीत प्रजापति लगायतका प्रभावशाली कलाकारहरूको प्रस्तुति रहेको छ।

‘रेजोनेन्स अफ ह्युज’ काठमाडौंको होटल भिवान्तामा १० अगस्टदेखि ११ अक्टोबरसम्म बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुने ‘रेजोनेन्स अफ ह्युज’ ले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्