काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मिस्री र पौडेलबिच भेट भएको हो । नेपालमा नयाँ सरकार गठन भएसँगै भारतले उच्च तहको अधिकारी नेपाल पठाएको हो ।
नेपालमा प्रधानमन्त्री बने लगतै पहिलो भ्रमण भारत जाने प्रचलन छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण अर्कै देश जाने निधो गरिसकेका छन् । वर्तमान सरकारलाई भारतले समर्थन नगरिरहेको हल्लाका बिच विदेश सचिव मिस्री नेपाल भ्रमणमा आएका हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा मिस्री र पौडेलबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्