काठमाडौं । रुप्से होलिडेज नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्ने भएको छ । आगामी दशैंको टिकालगत्तै असोज ३० गतेदेखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।
भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको रुप्से होलिडेज नेपालले जनाएको छ ।
त्यसैगरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तब्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको रुप्से होलिडेज नेपालले जनाएको छ ।
रुप्से होलिडेज नेपालले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त मुल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।
रुप्से होलिडेज नेपालले भन्यो, ‘भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तब्यहरुमा घुमाइनेछ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ठ पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ठ गन्तब्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौ दिन नेपाल फर्काइनेछ ।’
प्रबन्ध निर्देशक रमेश पराजुलीले कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भएपनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइने जनाएका छन् । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था मिलाएको जानकारी गराउँदै उनले भियतनाम घुम्न चाहने यात्रुहरुलाई जति सक्दो छिटो आफ्नो सिट सुरक्षित गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्