काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिन ७०० रुपैयाँ बढेको सुनको भाउ सोमबार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्