काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेतारुको सम्पति विवरण सार्वजनिक गर्न प्रस्ताव राखेका छन् । पार्टीको स्थायी समिति बैठकमा पुर्व अर्थमन्त्री शर्माले पार्टीका सबै नेताहरुको सम्पति विवरण सार्वजनिक गर्न माग गरेका हन् ।
शर्माले बैठकमा आफ्नो कुरा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् । उनले पार्टी अध्यक्षले बालुवाटार बाटै जनार्दनले पार्टी फुटाउदैछ भनि हल्ला मच्याएको आरोप लगाएका छन् । उनले पार्टीमा विधि, प्रणाली स्थापित गर्न विधान पुनर्लेखन गरी कार्यन्वयन गर्ने, फरक मतको सम्मान गर्दै लोकतान्त्रिक/जनवादी विधिमार्फत अन्तरसंघर्ष र दुई लाईन संघर्ष व्यवस्थित गर्ने प्रस्ताव गरेका छन् ।
यस्तै, गठबन्धन बनाउने, भत्काउने र फेरी बनाउने कृपाकलापले गर्दा पार्टीलाई भएको वैचारिक र व्यवहारिक लाभ हानीको मूल्याङ्कन गर्न समेत प्रस्ताव गरेका छन् ।
अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को ? भन्ने विषय पार्टीमा स्पष्ट गर्न उनले माग गरेका छन् । शर्माको यो प्रस्तावबाट अर्का उपमहासचिव वर्षमान पुन अप्ठ्यारोमा पर्ने भएका छन् । पुनकै योजनामा काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्य गर्ने बाटो तय भएको थियो ।
आफ्नै कारण पार्टी सरकारबाट बाहिरिनु परेपछि पार्टी अध्यक्षलाई खुसि बनाउन पुर्वमन्त्री पुन लागिरहेका छन् ।
शर्माले संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्ने हिम्मत गर्न पार्टी नेतृत्वलाई सुझाएका छन् । माओवादी जंगलबाट फर्किएपछि कमाएको धनसम्पति पार्टीका नेताहरुको यथार्थ विवरण सार्वजानिक गर्न प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्