काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने तर अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्त्व दिन नसकेको जानकारी गरे ।
उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए । खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए । उनले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको जानकारी गरे ।
उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए । उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गरे । उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्