काठमाडौं । शिवम सिमेन्टले गत आव ०८०/०८१ मा २५ करोड २ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणमा ५७.९३ प्रतिशतले नाफामा गिरावट आएको हाे ।
कम्पनीले अघिल्लो आवमा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ संचालन आम्दानी गरेको छ भने कम्पनीको अन्य आम्दानी १९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल नाफामा पनि १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ छ ।
कम्पनीको कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्