काठमाडौं । काठमाडौंको सिनामंगलमा ५ करोडभन्दा बढीको लगानीमा होटल रोयल एयरपोर्ट सञ्चालनमा आएकोे छ । शुक्रबार बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।
होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्त्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । ‘पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु’ उनले भने,’अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग र सहकार्य रहने छ ।’मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए ।
‘३४ ओटा रुमको सहितको यो होटलमा ५० शैया रहेका छन् । दुइसय जना भन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,’ अध्यक्ष श्रेष्ठ बताए । उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्ययोगमा ठुलो टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्