काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
कम्पनीले साउन २७ गतेदेखि २९ गतेसम्म ‘KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE’ नारामा सो क्याम्प आयोजना गर्ने भएको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ ।
सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन् ।
कम्पनीले भन्यो, ‘सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनुहुनेछ ।’
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
प्रतिक्रिया दिनुहोस्