काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आव २०८०/०८१ मा १३४.०३ प्रतिशत नाफा आर्जन गरेको हो ।
गत आव लघुवित्तको कूल नाफा ६ करोड ३१ लाख आर्जन गरेको छ भने अघिल्लो आव (०७९/०८०) को सोही अवधिमा २ अर्ब ६९ लाख नाफा कमाएको थियो ।
लघुवित्तको गत आव खुद ब्याज आम्दानी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सोहि अवधिमा खुद ब्याज आम्दानी २५ करोड ३२ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको चुँक्ता पूँजी ३७ करोड २३ लाख रुपैयाँ रहँदा जगेडा कोषमा भने २० करोड ४० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, लघुवित्तको नेक्षेप संकलन १ अर्ब ३५ लाख रहदाँ ३ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवहा रहेको छ । लघुवित्तको संचालन मुनाफा ९ करोड ४५ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ छ भने नेटर्वथ १७२.७० रुपैयाँ पुगेको छ ।
लघुवित्तको खराब कर्जा ३.७९ प्रतिशत छ भने सिडी रेसीओ ११४.५१ प्रतिशत रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ८.८५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्