Shikhar Insurance
National Life

नेपालको हरित ऊर्जा बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जा बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने पुगेको बताएका छन् ।

उनले तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै हरित ऊर्जा निर्यात गर्न नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गर्ने  र यसै वर्ष विद्युत निर्यात शुरु हुने बताए । उनले प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको बताए ।

उनले विद्युत प्रशारण तथा वितरणतर्फका पूर्वाधार संरचना बिस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको समेत बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्