काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डोलिन्द्र प्रसाद शर्मालाई नियुक्त गरेको छ ।
संस्थाको साउन २३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सीईओमा शर्मालाई नियुक्त गरेको हो ।
शर्मालाई साउन २४ गतेदेखि लागु हुने गरी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्