काठमाडौं । ट्रंक डेडिकेट विद्युत महशुल विवादमा थोरै महसुल हुने उद्योगहरुले रकम तिर्न थालेका छन् । ठूलो रकम बक्यौता भएका उद्योगहरुलाई दबाब दिन साना उद्योगले रकम तिर्न थालेका हुन् ।
डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएको विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालीले ४ लाख २५ हजार २ सय ३१ रुपैयाँ बक्यौता तिरेको छ । जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५ सय ३२ रुपैया तिर्दा सोना प्याकेजिङ ३ लाख ५५ हजार ६७ रकम तिरेको छ ।
भैरहवामा संचालिक सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ लाख ३ सय ८९ रुपैयाँ तिरेको छ । ट्रंक डेडिकेट विद्युत महसुल विवादमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीबिच चर्को विवाद हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्