काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७० अंकले बढेर २७६६.३८ मा पुगेको हो ।
बिहीबार ३२२ कम्पनीको २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ कारोबार भएको छ ।
बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार ७ सय ९६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयरको प्रतिकित्ता मूल्य ७ सय १ रुपैयाँ ८० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्