Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, काराेबार रकम २० अर्ब

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७० अंकले बढेर २७६६.३८ मा पुगेको हो ।

बिहीबार ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब  ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५९ कम्पनीको सेयर मूल्य घटेको घ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार ७ सय ९६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयरको प्रतिकित्ता मूल्य ७ सय १ रुपैयाँ ८० पैसा पुगेको छ ।

साथै, आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्