Shikhar Insurance
National Life

‘भिजियोल फ्लाईट रुटअनुसार नचल्दा एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भयो’

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १४:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।

साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्