Shikhar Insurance
National Life

सम्पदा संरक्षणमा सम्झौता हुँदैन : प्रमुख महर्जन

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १३:३१
Hyundai
NCELL
NIMB

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणमा सम्झौता नहुने बताएका छन् । बिहीबार ललतिपुरमा ‘तस्बिरमा नगरप्रहरी’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरे । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गर्दै ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए । उनले भने, ‘ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये एउटा सम्पदा क्षेत्र हो । सम्पदा क्षेत्रमा हामी कुनैपनि किसिमको सम्झौता गर्दैनौँ । कुनै कमजोरी गर्दैनौँ । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गर्नुपर्छ, व्यवस्थापन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य राखेर अघि बढेका छौँ । यो वर्ष सम्पदाको क्षेत्रमा एउटा कायापलट हुने काम गर्‍यौँ ।’

मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्