Skip to content
Shikhar Insurance
National Life

सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता सेयरको लकइन अवधि सकिदै

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता सेयरको लकइन अवधि सकिने भएको छ । सर्वोत्तम सिमेन्टको लकइन अवधि भदौ २५ गते सकिने भएको हो ।

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको २४ लाख कित्ता र सर्वसाधारण छुट्याइएको सेयर मध्यको ५ प्रतिशतले हुन आउने सामूहिक लगानी कोषलाई बाँटफाँट गरिएको १ लाख ५४ हजार २२७ कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि सकिने भएको हो।

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आइपीओ बिक्री गरी २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । नियामकीय व्यवस्थाबमोजिम त्यस्ता शेयर बाँडफाँट भएको मितिले ६ महिना लकइनमा राख्नुपर्ने हुन्छ । सोही कारणले भदौ २५ गते ६ महिना पुगेपछि लकइन सकिने सर्वोत्तम सिमेन्टले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्