Shikhar Insurance
National Life

सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्दै इन्द्रेणी मसरुम फर्म

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले प्राथमिक सेयर(आईपीओ)निष्कासन गर्ने भएको छ । देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको इन्द्रेणी मसरुम कम्पनीले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्ने भएको हो ।

नेपालमा छरिएर रहेको कृषि व्यवसाय अन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरुलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरुको आकर्षणको केन्द्रविन्दु बनाउँन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्य अनुसार काम तथा सो संग सम्बन्धित क्रियाकलापहरु गरिरहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल व्यवसायिक रुपमा ५ प्रजातिको च्याउ खेती भईरहेको छ गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । कम्पनीले भन्यो, ‘देशमा बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन हुने क्रममा यस इन्द्रेणी मुसरुम फर्मले प्रत्यक्ष तथा उप्रत्यक्ष रुपमा स्थानीय वासिन्दाहरुलाई रोजगारी तथा तीनका घर परिवारहरुलाई जीविकोपार्जन गरिरहेका छन् ।’

हाल यस संस्थामा विभिन्न व्यवसायिक क्षेत्रका सेयरधनीहरुबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरि प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आईरहेको छ र बजारमा हुने प्रति दिन १५ हजार केजीको माग आपूर्तिमा सहज पुग्ने गरि उत्पादन वृद्धि गर्न सर्वसाधारणहरुको तर्फबाट सहभागिता बढाउन रहेको फर्मका अध्यक्षको भनाई छ ।

निकट भविष्यमा यस कम्पनीले शेयर निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन शुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि बिक्रि गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्षले बताए ।

चित्लाङ्ग र हेटौडाबाट उत्पादन शुरू भए पश्चात् दैनिक २,५०० केजी माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने उनको भनाई छ । कम्पनीले व्यवसायिक रुपमा च्याउ उत्पादन गरे देखिनै नेपालको कुल ग्रहयस्थ उत्पादन र कुल राष्ट्रिय उत्पादनमा टेवा पुर्याइरहेकोमा नेपाल सरकारबाट उचित अनुदान समयमा नपाउनु, बेला बखतमा कच्चा पदार्थ र मल नपाउनुका साथै छिमेकि देशहरुबाट लुकाई छिपाई नेपालमा भित्रिने च्याउ नै बजारको प्रमुख चुनौतीको रुपमा रहेको कम्पनीका अध्यक्षको भनाई छ ।

साथै, नेपाल सरकार तथा प्रदेश सरकारको कृषि सम्बन्धी आर्थिक तथा वित्तीय नीति नियममा आवश्यक शंसोधन गरी उचित अनुदान प्रक्रिया यथासिघ्र अघि बढाउनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्