काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आव २०६३/६४ देखि २०७४/७५ सम्मको साधारण सभाले पारित गरेको नगद लाभांश लिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेयड आईटी प्लाजा, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै, सेयरधनीहरुले तोकिएको समयमा लाभांश लिन नआएमा उक्त लाभांश लगानिकर्ता संरक्षण कोषमा जम्मा गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्