Shikhar Insurance
National Life

अर्थ समिति सभापतिलाई प्रश्न: कारोबार समयमा पुँजी बजारबारे संसदीय समिति बैठक किन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुलाई कारोबार समयमा सञ्चालक समिति बैठक रोक्न मनाही गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा कारोबार समयमा सधैँ छल्ने गरेको छ । त्यति मात्रै होइन, राष्ट्र बैंकले पुँजी बजारलार्य प्रभावित पार्ने सर्कुलरहरु समेत कारोबार समय छलेर ल्याउने गरेको छ ।

उता, नेपाल धितोपत्र बोर्डले पनि बजार सम्बन्धी आफ्ना आधिकारीक धारणाहरु कारोबार समय छलेर मात्रै सार्वजनिक गर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर यी सबै निकायहरुमाथि नियमन गर्ने अधिकार राख्ने सार्वभौम संसदका समितिहरुले भने पुँजी बजार सम्बन्धी छलफल गर्न कारोबार समयमै रोज्न थालेका छन् ।

त्यसको ज्वलन्त उदाहरण हो, बिहिबार ११ बजेका लागि डाकिएको अर्थ समितिको बैठक ।

समितिका सभापति सन्तोष चालिसेले भने समितिको बैठक सेयर बजारको विकासकै लागि भएकाले कारोबार समय भनेर आत्तिनु नपर्ने बताए । ‘हामीले बजारबारे सकारात्मक छलफल गरौं भनेर बैठक बोलाएका हौं, समितिले सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने काम गर्दैन् ।’ समिति सभापति चालिसेले सिंहदरबारसँग भने ।

पछिल्लो समय पुँजी बजारमा उत्साह देखिँदा सांसदहरुले गलत प्रतिक्रिया दिएर बजार घटाउन भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत र सांसद अमरेश कुमार सिंहले पुँजी बजारबारे नकारात्मक टिप्पणी गरेपछि मंगलबार बजारमा १४५ अंकको गिरावट आएको आरोप छ । संसदमा डा. सिंहले केहि कम्पनीहरुको नामै लिएर अनावश्यक चलखेल गरि सेयरको मूल्य वृद्धि गरिएको आरोप लगाएका थिए ।

आजको बैठकमा पनि सांसदहरुले पुँजी बजारबारे नकारात्मक टिप्पणी गरेर बजार घटाउने पो हुन की भन्ने चिन्ता लगानीकर्ताहरुमा देखिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्