Shikhar Insurance
National Life

नविलमा विलय अघि युनाईटेड फाइनान्सका सिईओको अर्थपूर्ण स्टाटस

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नविल बैंकमा विलय हुन लागेको युनाइटेड फाइनान्सका सिइओ अजय मिश्रले अर्थपूर्ण स्टाटस लेखेका छन् । एक साता भित्रै नविलमा विलय हुन लागेको युनाइेडका सिईओ मिश्रको फेसबुक स्टाटसले विलय प्रक्रियामा प्रश्न खडा गरेको छ ।

चौधरी ग्रुपको ठूलो लगानी रहेको नविल र युनाइटेड फाइनान्सबीच क्रस होल्डिङकै कारण एक्विजिशन प्रक्रिया अघि बढाईएको हो । तर फाइनान्स कम्पनीका सिईओका फेसबुक स्टाटसले विलय प्रक्रियामा नविल बैैंकको प्रभाव बढी भएको स्पष्ट पार्छ । सिईओ मिश्रले कथित….मर्जरका नाममा कहिल्यै नभोगिएको फ्रस्टे«शनको संवाद भएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनको स्टाटसले कर्मचारी समायोजनमा नविल बैंकका तर्फबाट फाइनान्स कम्पनीका कर्मचारी हेपिएको हुन सक्ने संकेत गर्छ । उनले आफु भने नविलमा विलयपछि बैंकमा नरहने बताउँदै आएका छन् ।

नविल र युनाईटेड फाइनान्सबीच बैशाख १७ गते विलय सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

बिलमा बिनोद चौधरीको ठूलो लगानी छ भने युनाइटेड फाइनान्समा पनि चौधरीको लगानी रहेको छ । क्रस होल्डिङका कारण पनि यी दुई संस्थालाई मर्जरका लागि दबाव थियो ।
नबिल र युनाइटेडबीच १००ः३५ को स्वाप रेसियो कायम गर्ने सहमति भएको बताईएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्