काठमाडौं । बुधबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ मा पुगेको हो ।
बुधबार ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९६ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँ कारोबार भएको छ ।
आज ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मकर जलविद्युत सुरी हाइड्रोपारसहित २३२ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्