काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा ४७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
बैंकले सार्वजनिक गरेको गत आव २०८/०८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार ९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले आव २०७९/८० मामा ३७ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९३ कराेड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ५५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४० अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ११.२७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६०.४४ रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर ९.२५ प्रतिशत छ भने खराब कर्जा ४.५८ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.०३ प्रतिशत रहँदा सीडी रेसियो ८०.८४ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्